अर्डरहरू छान्नुहोस्, पैसाको कुरा मिलाउनुहोस्!
625+ सहरहरू
सवारीहरू
प्रयोगकर्ताहरू
आफ्नै मूल्य प्रस्ताव गर्नुहोस्
हाम्रो सेवा भुक्तानी सधैँ हाम्रा प्रतिस्पर्धीहरूको भन्दा कम छ र यो 9.5% भन्दा माथि कहिल्यै हुँदैन।
लाभदायक अर्डरहरू मात्र
हाम्रा ड्राइभरहरूले आफूले मन पराएका अर्डरहरू छान्छन्। मूल्यसँग सन्तुष्ट हुनुहुन्न? एपमा सिधैँ आफ्नो मूल्य राख्नुहोस्!
बिचौलियाहरू नहुने
यातायातपश्चात् सेवाग्राहीबाट तत्कालै भुक्तानी पाउनुहोस्
सुरु गर्न सजिलो
दर्तापछि तत्कालै अर्डरहरूमा पहुँच पाउनुहोस् - लामो प्रतीक्षा गर्नुपर्दैन
1
आफ्नो फोन नम्बर पुष्टि गर्नुहोस् र साइड मेनुको ‘ड्राइभर मोड (Driver mode)’ बटनमा ट्याप गर्नुहोस्। ड्राइभरको रूपमा दर्ता गर्नुहोस्।
2
'इन्टरसिटी (Intercity)' ट्याब खोल्नुहोस्, ‘अनलाइन (Online)’ मोड इनेबल गर्नुहोस् र तपाइले लिन चाहेको सवारी छान्नुहोस्
3
पिकअप तथा गन्तव्य स्थान, यात्रुहरूको रेटिङ र मूल्य अनुसार सवारीहरू छान्नुहोस्। चाहेमा तपाईंको आफ्नै मूल्य प्रस्ताव गर्नुहोस्।
4
स्विकारिनुहोस्, आफ्नो यात्रुलाई सम्पर्क गर्नुहोस् र सवारी पूरा गरेर आम्दानी बढाउन सुरु गर्नुहोस्
निजी यात्राहरू
एक जना यात्रुबाट उत्कृष्ट अनुरोध। उनले थप आरामदायी यात्राका लागि वा केही गोपनीयताको मजा लिनका लागि पूरै कार बुक गर्छन्।
कारपुलिङ
धेरै यात्रुहरूका अनुरोधहरूले बनेको सवारी। चालकहरूसँग आफ्नो सवारीसाधनमा सुरक्षित रूपमा लैजान सक्ने यात्रुहरूको सङ्ख्या छान्ने विकल्प हुन्छ। यसको अर्थ यात्रुहरू चढाउन धेरै समय खर्च हुन्छ तर ड्राइभरहरूले प्रत्येक सवारीमा बढी पैसा कमाउन सक्छन्।
इन्टरसिटी डेलिभरी
अन्य शहरहरूमा सानो पार्सलहरू डेलिभर गर्नुहोस्। तपाईंसँग आफ्नो इन्टरसिटी सवारीमा एक वा बढी पार्सलहरू लैजाने र अझ इन्टरसिटी यात्रुहरू भएका सवारीहरूमा डेलिभरी अनुरोधहरू गाभ्ने विकल्प पनि हुन्छ।
प्राथमिकताले कसरी काम गर्छ?
प्राथमिकता यात्रुहरूले सवारीको अन्त्यमा दिने रेटिङहरू निर्भर हुन्छ। प्राथमिकता पूरा भएका अर्डरहरूको सङ्ख्या, रेटिङहरूको गुणस्तर र यात्रुहरूका गुनासोबाट पनि प्रभावित हुन्छ। थप अर्डरहरू पूरा गर्नुहोस्, थप राम्रो रेटिङहरू प्राप्त गर्नुहोस् र तपाईंको प्राथमिकता बढ्नेछ।
के रद्द गरिएका यात्राहरूको सेवा भुक्तानी फिर्ता गरिन्छ?
हामी यात्रुद्वारा रद्द गरिएका सवारीहरूका साथै यात्रुहरू नआउने मामिलाहरूको सेवा भुक्तानी फिर्ता गर्छौँ। पछिल्लो मामिलामा, “यात्रु नआएको (Passenger has not show up)” बटनमार्फत अर्डर रद्द गर्न जरुरी हुन्छ। रिफण्ड 30 दिनभित्र गरिनेछ। यात्रुहरूबाट बारम्बार अर्डरहरू रद्द हुनुका साथै ड्राइभरहरूबाट आएका गुनासोहरूले यात्रुको रेटिङलाई असर गर्छ जसले गर्दा एकाउन्ट ब्लकसम्म हुन सक्छ।
inDrive मा प्रोफाइल फोटो कसरी परिवर्तन गर्ने?
व्यक्तिगत एकाउन्ट र आफ्नो नामसहित support@indriver.com मा नयाँ फोटो राखेर अनुरोध पठाउनुहोस्।
मैले मेरो नम्बर परिवर्तन गरेर आफ्नो एकाउन्टमा लग इन गर्न नसकेको अवस्थामा मैले के गर्नुपर्छ?
प्रश्नलाई स्पष्ट रूपमा राखेर एकाउन्टसँग सम्बन्धित पुरानो नम्बर उल्लेख गर्दै हामीलाई support@indriver.com मा सम्पर्क गर्नुहोस्।
मैले कसरी एकाउन्ट डिलिट गर्न सक्छु?
कुनै पनि स्वरूपमा एकाउन्ट डिलिट गर्नका लागि आवेदनको स्क्यान support@indriver.com मा पठाउनुहोस्। यदि तपाईंको व्यक्तिगत एकाउन्टमा प्रयोग नगरिएको कुनै पैसा बाँकी रहेको छ भने बाँकी रकम फिर्ता लिनका लागि आवेदनको स्क्यान र तपाईंको बैंक विवरण पत्रसँगै पठाउनुहोस्।